विचित्र विश्व

२६ महिनामा ६ बच्चा जन्माइन् यी महिलाले

२६ महिनामा ६ बच्चा जन्माइन् यी महिलाले

एजेन्सी । सामान्यतया बच्चा ९ महिनामा जन्मिन्छ । त्यसपछि सुत्केरी अवधि र पुन : गर्भधारण हुन केही महिना थप लाग्ने गर्दछ ।

त्यसैले दुई तिन वर्षको अन्तरालमा २–३ वटा मात्र बच्चा महिलाले जन्माउन सक्छ ।  तर अमेरिकाकी एक महिलाले २६ महिनाको छोटो अवधिमा ६ सन्तान जन्माएकी छिन् । अमेरिकाको कान्सस सहरकी दनेसा कौचले तीन पटक लगातार जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

भर्खरै २० वर्ष मात्र पुगेकी दनेसाले तेस्रो पटक पनि जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सकसहित आफन्तहरुलाई पनि आश्चर्यमा पारेका छन् । उनले सन् २०१४ को अप्रिलमा पहिलो जुम्ल्याहा छोरा जन्माएकी थिइन् । उनीहरुको नाम डनारियस र डेस्मोन्ड नाम राखिएको थियो । तर उनको एक छोरा डेस्मोन्डको भने प्लासेन्टल एब्रुप्सनका कारण मृत्यु भयो ।

त्यसको एक वर्षपछि २९ मे मा दनेसा दोस्रो पटक सुत्केरी भइन् । यो पटक पनि उनले जुम्ल्याहा नै जन्माइन् । त्यसपछि उनलाई उनकी आमाले डबल ट्रबल भनेर समेत बोलाइन् । यसपटकको जुम्ल्याहा छोरी जन्मेको केही महिनापछि सन् २०१५ को अन्त्यतिर दनिसाले स्वास्थ्य परीक्षणका क्रममा फेरी उनको पेटमा जुम्ल्याहा बच्चा बसेको खबर पाइन् ।

त्यसपछि उनीहरुले घरमा भएको कार बेचेर ७ जना अट्ने नयाँ कार समेत किने । १७ जुन २०१६ का दिन दनिसाले पुन जुम्ल्याहा छोरी जन्माइन् । दुई वर्ष दुई महिनाकोृ छोटो अवधिमा तीन पटक लगातार जुम्ल्याहा बच्चा जन्माएकी दनिसा स्वस्थ छिन् । तर उनको सुरुमा जन्मेको एक छोराको मृत्यु भएको कारण ५ बालबालिका रहेका छन् ।

born child

विशेष