राजनीति

खुकुरीको धारमा हिँड्न बाध्य छुः प्रधानमन्त्री प्रचण्ड

खुकुरीको धारमा हिँड्न बाध्य छुः प्रधानमन्त्री प्रचण्ड
कात्तिक - ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले अत्यन्तै जटिल परिस्थितिकाबीच आफू खुकुरीको धारमा हिँड्न बाध्य भएकाे बताएका छन् । prachanda-nepalaaja नेकपा माओवादी केन्द्र र नेकपा माओवादी विद्रोहीबीचको पार्टी एकीकरण सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे उनले आफू विरुद्धको दलीय घेराबन्दीका कारण जटिल परिस्थितिबीच खुकुरीको धारमा हिँडेकाे बताएका हुन् । उनले आफ्ना कामकारवाहीमा समर्थन गर्न कार्यकर्तालाई आग्रह गरे। उनले एकतावद्ध हुँदै गएको माओवादी आन्दोलनले सबै अप्ठ्यारा र चुनौति सामना गर्दै जाने विश्वास समेत व्यक्त गरे। दलीय घेराबन्दी धेरै भएको भन्दै प्रधानमन्त्री दाहालले अघिल्लो पटक सरकारको नेतृत्व लिए जस्तो अहिले सहज नभएको उल्लेख गरे। उनले संविधान कार्यान्वयन मुलुकका लागि मुख्य चुनौतिको विषय रहेको बताए । उनले संविधानमा असन्तुष्टी जनाएको समुह, मधेसी, जनजाती लगायत समुदायलाई सहमतिमा ल्याउँदै संविधानमाथिको सर्वस्वीकार्यताको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गरे। त्यस्तै उनले आगामी निर्वाचन केन्द्रीत रहेर गाउँगाउँमा विनियोजित बजेट बढाउने तयारी भईरहेको पनि उनले जानकारी दिए।

pm prachanda Prachanda purspakamal dahal

विशेष