राजनीति

कांग्रेस अर्को राजा जन्माउँदैन, लोकमानलाई महाभियोग लगाएर हटाउने नै हो

कांग्रेस अर्को राजा जन्माउँदैन, लोकमानलाई महाभियोग लगाएर हटाउने नै हो

ramhariकात्तिक ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिहं कार्कीलाई महाअभियोग प्रस्तावका पक्षमा मतदान गरेर उनलाई हटाएरै छाडने कांग्रेसका युवा नेता रामहरि खतिवडाले बताएका छन् ।

सांसदसमेत रहेका खतिवडाले भने ‘लोकमानलाइ महाअभियोग लगाउने विषयमा कांग्रेसमा कुनै कन्फ्युजन छैन । महाअभियोग पारित हुन्छ ।’ उनले महाअभियोग पारित गर्न हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले नगर्ने बताएका छन । प्रक्रियासंगत ढंगले कांग्रेस अघि बढ्ने उनको भनाइ छ । महाअभियोग समितिमा दर्ता भईसकेपछि कांगे्रसले मतदान गर्ने खतिवडाले बताएका छन् ।

‘जनमत भन्दा ठूलो केही हँुदैन , राजालाइ त हटायौ अकौ राजा हुन आउँछ भने हामी हटाउन पछि पर्दैनौ ’ उनले नेपालआजसँग भने । सबैले कानुन र सविंधान मान्नुपर्छ त्यो लोकमानले मानेनन त्यसैले उनी हट्नुपर्छ भन्ने नेपाली कांग्रेसको बुझाइ छ ।

र यो पनि

‘कट्टर राजावादीदेखि प्रचण्डको निकटतासम्म’ यस्ता छन् लोकमानसिंह कार्कीको चर्चित विवादित काण्डहरु

भ्रष्ट नेता जोगाउन लोकमानविरुद्ध महाभियोग दर्ता गरिएको हो

 

विशेष