राजनीति

‘लोकमानको नाम सुन्दै कर्मचारी प्रशासन थरर' - अध्यक्ष ओली

‘लोकमानको नाम सुन्दै कर्मचारी प्रशासन थरर' - अध्यक्ष ओली
कात्तिक ६ । एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् । kp-oli विद्यार्थीहरुमाझ ओलीले भने, ‘कार्कीले संविधान, विधि र पद्धति मिचेकाले उन्मुक्ति दिन सकिँदैन । अर्को कुरा नेपालको संसदमा ‘व्याक गियर’ छैन । संसद अब पछि हट्ने कुरा हुँदैन । सार्वभौम संसदको गरिमा त बचाउनु पर्छ नि हैन ? ।’ यस्तै, अध्यक्ष ओलीले कांग्रेस समेत महाअभियोगको पक्षमा उभिने ठोकुवा गरे । ‘कांग्रेसको हस्ताक्षर छैन भनेर हुँदैन । उसले समर्थन गर्छ, गर्नैपर्छ । हस्ताक्षर त मेरो पनि छैन नि । हस्ताक्षर छैन भन्दैमा पछि हट्ने भन्ने कुरा हुन्छ र ? ।’ ओलीले महाअभियोग प्रस्ता रातारात आएको भन्ने चर्चामा कुनै सत्यता नरहेको बताए । उनले भने, ‘मेरो मन्त्रिपरिषदको पालादेखि नै छलफलभ एको हो । यो अचानक आएको होइन ।’ ओलीले निर्धक्क भनेका छन् ‘लोकमानको नाम सुन्दै कर्मचारी प्रशासन थरर । अनि राम्रो काम गर्ने कर्मचारीको पदोन्नति हुन नदिने । यस्तो पनि कहीँ हुन्छ ?’

KP Oli lokam karki nekapa amale

विशेष