राजनीति

'कांग्रेस र माओवादी केन्द्रको सहमतिमा महाभियोग प्रस्ताव दर्ता'

'कांग्रेस र माओवादी केन्द्रको सहमतिमा महाभियोग प्रस्ताव दर्ता'
कात्तिक - ६ । नेकपा (एमाले)की उपाध्यक्ष तथा प्रदेश नं ३ को संयोजक अष्टलक्ष्मी शाक्यले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहमतिमा लोकमानसिंह कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरेको बताइन् । asta-laxmi-sakya नेकपा (एमाले) चितवनको नवौँ जिल्ला अधिवेशनको पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले सबैको सल्लाहमा प्रस्ताव दर्ता गरेकाले काँग्रेस र माओवादी केन्द्र यसबाट पछि हट्न नपाउने बताइन । नेपालमा कुनै पनि निरङ्कुश व्यवस्था लागू हुन नसक्ने उनको भनाइ छ । उनले संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताइन् । बाह्य शक्तिको आडमा संविधान संशोधन हुनै नसक्ने उपाध्यक्ष शाक्यको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको नेतृत्वमा मात्र देशको समृद्धि सम्भव भएको बताए ।

asta laxmi sakay

विशेष