विचित्र विश्व

जोडी बिनै शारीरिक सम्पर्क र सन्तुष्टि

जोडी बिनै शारीरिक सम्पर्क र सन्तुष्टि

लण्डनको गोल्डस्मीथ युनिभर्सिटीमा जोडीबिना नै हुने शारीरिक सम्पर्क र सन्तुष्टिको विषयमा एउटा ठुलो सम्मेलन सम्पन्न हुने भएको छ । उक्त सम्मेलन आफ्नो राष्ट्रमा गर्न यसअघि मलेसियाले भने रोक लगाएको थियो ।

रोबर्ट तथा कम्प्युट क्षेत्रमा कार्यरत थुप्रै विशेषज्ञहरूको उक्त कार्यक्रममा उपस्थिति रहने बेलायती पत्रिका ‘मिरर’ले लेखेको छ । सम्मेलनमा कृत्रिम यौनसम्पर्कका बारेमा व्यापक छलफल हुनेछ । सम्मेलनमा उक्त विश्वविद्यालयका प्राध्यापक केटे डेभलिनले लेखेको विवादास्पद निबन्ध ‘इन डिफेन्स अफ सेक्स रोबर्ट’को विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्मेलनमा प्रविधिसँग मान्छेको सम्बन्धका विषयमा छलफल गरिने विज्ञहरूले जनाएका छन् । सो विषयलाई लिएर डेभलिनले भनेका छन, ‘आउँदा दिनमा रोबर्ट हाम्रा प्रेमीप्रेमीका बन्ने छन् ।’ उक्त कार्यक्रमा योभन्दा अगाडी नै सार्वजनिक गरिएकी ‘राबर्ट केटी– हट सोफयाले समेत बोल्ने कार्यक्रम छ । उनी सहित माया र यौनको अन्तर्राष्ट्रिय सभा नामक संस्थाका व्यक्तिहरूले पनि कार्यक्रममा मन्तव्य राख्ने छन् ।

अहिले पनि कृतिम यौन आनन्द दिने धेरै कृति तर स्मार्ट यौन खेलौनाहरू बनिसकेका छन् तीमध्ये ‘धेरैले ठ्याक्कै मान्छेकै जस्तो अनुभूति दिने र मान्छेले जस्तो तनाव र किचकिच नगर्ने भएकाले भविष्यमा धेरै महिला–पुरुषले स्मार्ट कृत्रिम यौनसाथी रोज्ने सम्भावना रहेको’ डेभलिने बताएका छन् ।

Sex Doll

विशेष