राजनीति

‘कार्कीविरुद्ध महाअभियोग प्रस्ताव बेमौसमको बाजा’

‘कार्कीविरुद्ध महाअभियोग प्रस्ताव बेमौसमको बाजा’
कात्तिक – ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने नाममा प्रमुख तीन दलले मुलुकका राष्ट्रिय समस्यालाई ओझेलमा पारको ओरोप लगाए । उनले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर बेमौसमको बाजा बजाएको महतोले टिप्पणी गरे । rajendra-mahato महतोले यतिबेला संविधान संशोधन, तथा कार्यान्वयनका विषयमा राष्ट्रव्यापी छलफल हुनुपर्ने बेला प्रमुख दलले षड्यन्त्रपूर्वक महाअभियोग प्रस्ताव ल्याएको बताए । अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउने विषयमा आफूहरुसँग कुनै छलफल नभएको भन्दै महाअभियोग सिफारिस समितिमा पनि मधेसी मोर्चाका कुनै सांसदलाई नराखेको भन्दै महतोले आपत्ति जनाए । ‘यो षड्यन्त्रको मुलुक हो। अहिले राष्ट्रिय मुद्दालाई ओझेलमा पार्ने गरी मुलुकलाई लोकमानमय बनाइएको छ ।’ महतोले नागरिकसँग कुरा गर्दै भने । ‘लोकमानको नाममा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने गरी काम भइरहेको छ। त्यसप्रति हाम्रो असन्तुष्टि हो ।’ ०७४ माघभित्र निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै महतोले त्यसकालागि पहिला संविधान संशोधन हुनुपर्ने बताए ।

Rajendra Mahato sadvawan

विशेष