राजनीति

महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान विद्यार्थी सङ्गठनकाे माग

महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान विद्यार्थी सङ्गठनकाे माग
कात्तिक – ८ । संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीलाई आज ध्यानाकर्षण गराएका छन् । तेह्र विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गई दिएको ध्यानाकर्षणपत्रमा संवैधानिक निकायको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले शृङ्खलाबद्ध रुपमा संविधान, कानुन र विधिको पालना नगरेको उल्लेख छ । त्यसैगरी मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब किनारा लगाउन माग गरिएको छ । सो पत्र बुझेपछि सभामुख घर्तीले जनताको सार्वभौम अधिकारलाई प्रयोग गर्ने संसद्मा दर्ता भइसकेको प्रस्तावलाई विधि र प्रक्रियाका माध्यमबाट अगाडि बढाउने विश्वास दिलाईन् । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसं लगायत विद्यार्थी सङ्गठन सहभागी छन् । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो विषयमा जनप्रतिनिधिलाई दबाब सिर्जना गर्न विभिन्न कार्यक्रम गरिने जानकारी दिए । यसअघि ती सङ्गठनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । रासस

Bidhyarti sangathan Lokman Sing Karki

विशेष