राजनीति

लोकमानले स्पष्टीकरण दिएपछि कांग्रेसले महाभियोगबारे निर्णय लिने

लोकमानले स्पष्टीकरण दिएपछि कांग्रेसले महाभियोगबारे निर्णय लिने

congress

कात्तिक ९ । अख्तियार प्रमुख लोकमान सिहं कार्कीविरु संसदमा दर्ता महाभियोग प्रस्तावमा संसदलाई उनले दिने स्पष्टीकरण आधारमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले कार्कीविरुद्ध लागेको आरोप र त्यसको स्पष्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णयमा पुग्ने संकेत दिएका हुन् ।

‘लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तवा दर्ता भएको छ । लामोनले आरोपको कसरी जवाफ दिन्छन्, त्यसपछि मात्रै पार्टीको औपचारिक धारणा दिन्छन्, देउवा निकट एक केन्दं्रीय सदस्यले भने, ‘त्यसैले संसदको महाभियोग समितिले कार्कीमाथि लागाइएका सात आरोपबारे स्पष्टीकरण लिएपछि मात्रै कांग्रेसले निर्णय गर्छ ।’ –अन्नपूर्ण पोस्ट्बाट

विशेष