विचित्र विश्व

भुपु प्रेमिकाको बचन सहन नसकेर एक युवाले एकैसाथ चारवटी श्रीमती भित्र्याए

भुपु प्रेमिकाको बचन सहन नसकेर एक युवाले एकैसाथ चारवटी श्रीमती भित्र्याए

kuwait कात्तिक ९ । आफूलाई छाडेर जाने भुपु मायालुलाई देखाइदिनका लागि कुनै तन्नेरीले के सम्म गर्ला ? कतिले त झ्वाँकमा आत्महत्या तथा हत्यासम्मको बाटो पनि रोज्न सक्छन् ।

तर कुवेतका एक युवकले भने धोका दिने मायालुलाई देखाइदिनका लागि एकसाथ चारवटी युवतीसँग बिहे गरेका छन् । नाम नखुलाइएका ती कुवेती युवाले एकसाथ चार युवतीसँग बिहे गरेका तस्वीरहरु अहिले सामाजिक संजालमा खुबै भाइरल बनेका छन् ।

समाचार अनुसार ती युवककी प्रेमिकासँग केही समय पहिले ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबेला प्रेमिकाले युवकलाई खुबै छेँड हानिछिन् र भविष्यमा तँ नामर्दसँग कोहीपनि केटीले प्रेम गर्नेछैनन् भनेर चुनौति दिइछिन् ।

भुपु प्रेमिकाको त्यस्तो चुनौतिलाई धुलो चटाउनका लागि आखिर युवकले एकवटी होइन एकैचोटी चारवटी युवतीसँग बिहे गरे ।

Woman In Oman

विशेष