विचित्र विश्व

मेकअप नगरेको बेला श्रीमतीलाई देखेपछि श्रीमानले दिए डिभोर्स

मेकअप नगरेको बेला श्रीमतीलाई देखेपछि श्रीमानले दिए डिभोर्स

divorce एजेन्सी– दुबईमा मेकअप नगरेको अवस्थामा आफ्नी नवविवाहिता श्रीमतीलाई देख्दा श्रीमान डराएपछि नवविवाहित दम्पत्तिको डिभोर्स भएको छ ।

दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी घुम्नका लागि गएका थिए । त्यहाँ पुगेपछि पत्नीलाई पौडी खेल्न मन लागेको थियो । उनले पौडी खेल्ने क्रममा आफ्नो मेकअप सबै उतारेर तटमा गएकी थिइन् । जब उनले मेकअप सबै उतारेर आफ्नो श्रीमानका अगाडि गएकी थिइन् मेकअपविना श्रीमाले देखेपछि उनलाई चिन्नै सकेनन् ।

श्रीमानलाई मेकअप गरेको बेला निकै सुन्दर देखिने ती युवती मेकअप फुकालेको बेला कुरुप देख्दा आफुले बिहे गरेकी पत्नी नै हुन् भन्ने कुरा पत्याउन पनि गाह्रो परेको थियो । बिहे अघि आफुलाई गुमराहमा राख्नका लागि पत्नीले बिहेअघि नक्कली परेला लगाएको आरोप उनले लगाए । आफ्नो सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि युवतीले अनेकथरी कस्मेटिक प्रयोग गरेको समेत उनको दाबी छ ।

divorce

विशेष