राजनीति

'लोकमान चोर भए उनलाई सिफारिस गर्ने नेता को हुन्' - अनुराधा थापा मगर (भिडियोसहित)

'लोकमान चोर भए उनलाई सिफारिस गर्ने नेता को हुन्' - अनुराधा थापा मगर (भिडियोसहित)
कात्तिक - ९ । ब्यवस्थापिका संसदमा अख्तियार आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा सांसद अनुराधा थापा मगरले एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोको प्रस्ताव दर्ता गर्नु र कार्कीले २०७२ असोज १९ गते एमाले र माओवादी नेतालाई नै पत्र काट्नु संयोग वा नियोजित हो ? यो प्रश्नसँगै महाअभियोग जोडिएको बताएन् । कार्कीको सिफारिस एमाले, कांग्रेस र माओवादीले भारतीय दवावमा परेर गरेको उनले बताइन् । उनले सांसदलाई प्रश्न गरिन लोकमान चोर भए उनलाई सिफारिस गर्ने नेता को हुन् ? anuradha-thapa-magar नेकपा मालेका नेता सिपी मैनाली प्रस्तावमाथि पूर्ण समर्थन रहेको बताए । उनले भ्रष्टचारप्रति शून्य सहनसिलता हुनुपर्ने बताए । आयोग सविधान, ऐन कानुनवद्ध र कार्यदेशमा हुनु पर्ने बताए । उनले नियुक्त नै विवादास्पद रहेको बताए । सांसद जितेन्द्र नारायण श्रेष्ठले देश राजनीति ढंगले अहिलेसम्म संकक्रमण कालिन अवस्थामा रहको बताए । उनले राष्ट्र सहमतीको राजनीतिको आरम्भ गर्न सुझाव दिए । सदनले कार्कीविरुद्धको अभियोगलाई अगाडि बढाउन सकरात्मक ढंगले आएकोले खुसी लागेको बताए । उनले यो प्रस्ताव अगाडि बढ्ने बताए । संसदले उपयुक्त निर्णय गर्न आफू विश्वस्त रहेको उनको भनाइ छ । राप्रपा नेपालकी नेता कुन्ती शाहीले नेपाल नेतादेखि सामान्य ब्यक्तिसम्म भ्रष्ट रहेको बताइन् । उनले यो देशमा कस्तो वातावरण बन्दै गइरहेको छ भन्दै प्रश्न गरिन् । उनले यो राम्रो सुरुवात भएको बताइन् । लोकमानविरुद्धको प्रस्ताव राम्रो रहेको बताउँदै राष्ट्रिय सहमतीका आधारमा निर्णय लिन आग्रह गरिन । स्वास्थ्यमन्त्री गगन थापाले कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् ।आफूसहितका नेताहरुले तत्कालीन सभापति र राष्ट्रपतिले हामी हार्याैं भनेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘हामी हारेको कोसँग हो ?’ कार्कीविरुद्ध परेकाे महाअभियाेगकाे प्रस्तावमाथि सांसदमा मंगलबारबाट छलफल सुरु भएकाे हाे । व्यवस्थापिका संसदको बैठक अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएको छ ।  

anuradha thapa magar BICC Lokman Sing Karki

विशेष