राजनीति

भारतीयलाई नेपालले नेपालीसरह व्यवहार गर्न दबाब

भारतीयलाई नेपालले नेपालीसरह व्यवहार गर्न दबाब

india

कात्तिक– १० । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्बन्धमा धारणा मागेको हो ।

परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बन्धमा तत्काल कुनै निर्णय दिन नसक्ने जवाफ कूटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकेको जानकारी दिए । यद्यपि नेपाल र भारतबीच बिहीबार नयाँ दिल्लीमा हुन लागेकेो एक दिने विदेशमन्त्रीस्तिरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको तीन अधिकारीले बताए । –अन्नपूर्णपोस्ट्बाट

विशेष