अदालतद्वारा नै भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्का पनि लोकमान हटाउन नहुने पक्षमा
कात्तिक १० । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले महाभियोग प्रस्तावमा पार्टी लोकमानसिंहविरुद्ध जानु पर्ने बताए पनि पार्टीभित्र स्पष्ट रुपमा फरक धारहरु देखा परेका छन् । कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल र खुमबहादुर खड्काले बुझने गरी महाभियोग प्रस्तावलाई एमालेको राजनीतिक चाल भन्दै त्यसको विपक्षमा जानुपर्ने अडान लिएका छन् ।
चार दिनदेखि जारी केन्द्रीय समिति बैठक समापनमा देउवाले भ्रष्टाचार नियन्त्रण गर्न आफ्नै पहलमा गठन भएको अख्तियार लोकमान सिंहका कारण आतंक सिर्जना गर्ने थलो बनेको बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले अख्तियार ऐन ल्याएको स्मरण गर्दै कार्कीले त्यो स्पिरिटलाई कुल्चेर शाही आयोग शैलीमा अघि बढेको भन्दै आक्रोश पोखे । –अन्नपूर्ण पोस्ट्बाट