राजनीति

कांग्रेस हचुवाको भरमा अगाडि बढदैन्: मन्त्री भण्डारी

कांग्रेस हचुवाको भरमा अगाडि बढदैन्: मन्त्री भण्डारी
कात्तिक १० गते । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा कांग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताएका छन् । sankhar-bhandari सुनसरीको चिमडीे गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नं–१ राष्ट्र विकास गणले गर्दै आएको पुनःनिर्माण कामको अवलोकन गर्नुहुँदै वनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री भण्डारीले सो कुरा बताए । मन्त्रीसहितको टोलीले बरजु तालमा नेपाली सेनाले गरिरहेको पुनःनिर्माणको कामलाई उच्च मूल्याङ्कन गर्ने समेत बताए । सेनाको काम प्रशंसनीय रहेको बताउँदै मन्त्री भण्डारीले आफू मातहतको मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वरजु तालमा भइरहेका काम तथा भावी योजनाका बारेमा उनले जानकारी लिनुभएको थियो ।

Nepali Congress sankar bhandari

विशेष