विचित्र विश्व

वल्र्ड रेकर्ड राख्न गोप्य अंगमा हथौडा प्रहार(भिडियाेसहित)

वल्र्ड रेकर्ड राख्न गोप्य अंगमा हथौडा प्रहार(भिडियाेसहित)
कात्तिक १० । भारतीय स्टंटबाज अमनदीप सिंहले गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम राख्नको लागि आफ्नो गोप्य अंगमा हथौडाले हान्ने कार्य गरेका छन् । ‘स्टीलमैन अफ इन्डिया’ नामबाट चिनिएका अमनदीप सिंहले यस्तो स्टन्ट गरेर देखाएका थिए । उनले आफ्नो गोप्य अंगमा हथौडाले कयौ पटक हानेका थिए । amandeep_1477395991 उनी हरियानामा बस्ने गर्दछन् । उनको जन्म एक सानो गाउँमा भएको थियो । ७ वर्षको उमेर देखि सिख मार्शल आर्ट सिकेपछि उनी १० वर्षको उमेरसम्म त्यहाँको आसपासको बच्चाभन्दा धेरै बलियो भएका थिए । amandeep_1477396079 अमनदीपका अनुसार उनी ठूला ठूला विश्व रेकर्ड तोड्न चाहान्छन् । उनको इच्छा अनुसार उनी दुनियाँको बलियो मान्छे पनि बन्न चाहान्छन् । उनको यस स्टन्ट देखेर कयौँ मानिसहरु उनको फ्यान बनेका छन् । उनले यस्तै स्टन्ट गरेर कयौँ अवार्ड पनि जितेका छन् । amandeep_1477395946 उनले गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन दुई मानिसलाई आफ्नो दातले उठाएका थिए । यस बाहेक उनले २० मोटरसाइकललाई आफ्नो हातबाट उठाएर रोकेका थिए र ५० ओटा भन्दा बढी वियरका बोतललाई आफ्नो हातले फुटाएका थिए । उनले यस्तै प्रकारका करिब ११ स्टन्ट गरिसकेका छन् ।

amandip singh ginij book India world record

विशेष