राजनीति

प्रमुख तीनदलको बैठकमा यी विषयमा हुँदैछ छलफल

प्रमुख तीनदलको बैठकमा यी विषयमा हुँदैछ छलफल
कात्तिक – १० । तीन दलका प्रमूख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको शीर्ष बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका हुन । बैठकमा संविधान संशोधन र चैतमा गर्ने भनिएको निर्वाचनमा विषयमा छलफल गर्ने बताइएकाे छ । प्रमुख तीन दलका शीर्ष नेता सहभागी हुने बैठकमा महाभियोग प्रस्तावका विषयमा पनि छलफल हुने बताएको छ । संविधान प्रति असन्तुष्ट जनाइरहेका मधेसी मोर्चाले संविधान संशोधन गर्ने विषयमा महाभियोग प्रस्ताव ल्याएर मुख्य विषय ओझेलमा पार्ने काम भएको भन्दै आपत्ति जनाइरहेका छन् । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले हस्ताक्षर गरी अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस माओवादी केन्द्रसँग सशंकित बनेको छ । कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।

KP Sharma Oli Prachanda sherbahadur deuba tin dal

विशेष