राजनीति

तीन दलकाे बैठक सम्पन्न, यी विषयमा भए छलफल

तीन दलकाे बैठक सम्पन्न, यी विषयमा भए छलफल
कात्तिक – १० । तीन दलका शीर्ष नेताहरुकाबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेका थिए । neta-leader बालुवाटारमा बुधबार बेलुका भएको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । बैठकमा संविधान संशोधन र चैतमा गर्ने भनिएको निर्वाचनमा विषयमा छलफल भएको छ । साथै बैठकमा व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, संविधान संशोधन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ । बैठकमा शीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको शीर्ष नेताहरुले दिएका छन् । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले हस्ताक्षर गरी अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस माओवादी केन्द्रसँग सशंकित बनेको थियो । कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन् ।

baithak nekapa amale nekapa maobadi Nepali Congress pm pushpakamal dahal prachanda

विशेष