राजनीति

'सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने'

'सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने'
कात्तिक - १० । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताएका छन्। hitraj-pandey तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बसपार्कको आज उद्घाटन गर्दै उनले स्थानीय तह पुनसंरचना आयोगले थप मापदण्ड कायम गरेकाले छिटो चुनाव गर्न सहज भएको बताए।विकासका कामहरु हुँदा गुणस्तरहीन कामहरु हुने गरेको गुनासो बढेकाले अबका दिनमा त्यसमा राम्रो अनुगमनको खाँचो भएको मन्त्री पाण्डेको भनाइ थियो। उनले सरकारले संविधान कार्यान्वयन, भूकम्प, पीडितलाई राहत र अनुदान दिने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र विकास निर्माणका साथै सुशासन प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए। नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, माओवादी केन्द्रका इन्चार्ज हरिबहादुर चुमानलगायतले बसपार्क निर्माणपछि वातावरण प्रदूषण कम भई दुर्घटना न्युनीकरणमा समेत टेवा पुग्ने धारणा राखे। पन्ध्र रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा १५० वटा बस राख्न सकिनेछ। सो बसपार्क स्थानीय विकास मन्त्रालयकोे जगेडा कोष र नगरपालिकाको आन्तरिक स्रोत गरी दुई करोड सात लाख १८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो।

bikash mantri hitraj pande tanhu

विशेष