मुलुकको हितको लागि कहिले भारत कहिले चिन दुबैतिर ढल्किन्छु : प्रधानमन्त्री प्रचण्ड
कात्तिक ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू मुलुकको हितका लागि कहिले भारततिर त कहिले चीनतिर ढल्किने गरेको बताएका छन् ।
उनले सरकारी निवास बालुवाटारमा बुधबार साँझ सम्पादकहरुसंग छलफल गर्दै पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा छलफल गरेका छन् ।
‘म कहिले भारततिर कहिले चीनतिर ढल्किन्छु । तर, त्यो मेरो व्यक्तिगत स्वार्थका लागि होइन, मुलुकको हितका लागि त्यसो गर्नेगर्छु ।’ उनले भने ।
मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि भएपछि मात्र देशले सन्तुलित परराष्ट्र सम्बन्ध राख्न सक्ने पछिल्लो एक दशकको आफ्नो निष्कर्ष रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘त्रिदेशीय साझेदारीले नेपालको समृद्धि र परराष्ट्र सम्बन्धमा समेत सन्तुलन ल्याउने बताए ।
उनले चैतमा स्थानीय निर्वाचन गर्नुपर्ने र आफू त्यसैका लागि अग्रसर रहेको समेत बताएका छन् ।
‘आगामी चैतमा पहिले स्थानीय निर्वाचन गर्नुपर्छ । त्यसपछि सम्भव भए केन्द्रीय र संघीय प्रादेशिक निर्वाचन एकै पटक गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यो भन्दा अन्यथा तिर सोच्नुहुन्न त्यसले गडबढ गर्छ।’ प्रधानमन्त्रीले भने
‘मधेसलाई पनि सहमतिमा ल्याएर कुनै न कुनै रूपमा संविधान संशोधन गर्नु आवश्यक छ । त्यसका लागि गृहकार्य भइरहेको छ ।’ उनले भने
संविधान संशोधननमा सीमांकन सबैभन्दा जटिल विषय रहेको उल्लेख गर्दै उनले भने, ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा चलाउन सकिदैन तर, कांग्रेस र एमालेले पहिले प्रस्ताव गरेको सात प्रदेशको वरिपरी सहमति बन्न सक्छ ।’
प्रधानमन्त्रीले महाभियोगको विषयलाई टुंगोमा पुर्याउने विषयमा तीन प्रमुख दलको शीर्ष नेताको स्प्रिरिट मिलेको पनि दाबी गरे । आजै साँझ बालुवाटारमा बसेको तीन प्रमुख दलका शीर्ष नेता (दाहाल, ओली र देउवा)हरूको बैठकबाट उत्साहित बनेका प्रधानमन्त्रीले भने, ‘हामीतीन नेताबीच धेरै सकारात्मक कुराहरू भएको छ । संविधान संशोधन गर्ने, निर्वाचन गराउने महाभियोगको विषयलाई टुंग्याउने लगायतका विषयमा विस्तृत र सकारात्मक छलफल गरेका छौ ।’
China
deshkp lagi jata pani dhalkinxu
India
pm pushpa kamal dahal prachanda