विचित्र विश्व

शुक्रकीट दान गरेर ४ वर्षमै १ सय सन्तानका पिता बने यी पुरुष

शुक्रकीट दान गरेर ४ वर्षमै १ सय सन्तानका पिता बने यी पुरुष

अमेरिकाका एकजना पुरुषले ४ वर्षमै १ सय सन्तानको जन्म दिएका छन् । ३७ वर्षका यी पुरुषको नाम म्याट स्टोन रहेको छ ।  

नर्थ क्यारोलिनामा बस्ने स्टोनले बिहे गरेर आफ्ना श्रीमतीहरुबाट बच्चा जन्माएका भने होइनन् । स्टोनले पछिल्लो चार वर्षदेखि आफ्नो शुक्रकीट दान गरेर उनले अहिलेसम्म एक सय जना बच्चा जन्माएका छन् । स्टोन आफ्नो शुक्रकिट निशुल्क दान गर्दछन् । निःसन्तान दम्पत्ति तथा सन्तान चाहने एकल महिलाहरुलाई सहयोग गर्न पाउँदा आफुलाई खुसी लाग्ने उनी बताउँछन् । पेशाले आइटी विज्ञ स्टोन आफु शुक्रकीट दाता भएर मानिसहरुको सहयोग गर्न पाएकोमा गर्व गर्छन् । आफ्नो शुक्रकीटबाट बच्चा जन्माएका कैयन् मानिसहरुले आफुलाई चिन्ने उनी बताउँछन् ।

कतिपयले आफ्नो पहिचान लुकाउने र कतिपयले आफुसँग सोझै आएर सहयोग माग्ने गरेको उनको अनुभव छ । कतिपयले चाँही सोसल मिडियामार्फत सम्पर्क गरेर उनीसँग सहयोग माग्ने गरेका छन् । अर्काे कुरा के भने उनी आफ्नो शुक्रकीटको गलत प्रयोग नहुने कबुल गराएर मात्र उनले शुक्रकिट दान गर्ने गर्दछन् । शुक्रकीट दान गर्नुअघि उनले दम्पत्तिहरुलाई उनीहरुको सम्पत्ति तथा आयको बारेमा पनि सोध्ने गरेका छन् ।

garera santan janmaucahn myat stone sukrakit dan

विशेष