एमाले जिल्ला अध्यक्षमा सुवेदी चयन

कात्तिक - ११ । नेकपा (एमाले) रुपन्देहीको बिहीबार भैरहवामा सम्पन्न आठौँ जिल्ला अधिवेशनले शिव सुवेदीको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उपसचिवमा गोपाल राना निर्विरोध चयन भएका छन् । त्यस्तै खुलातर्फका सदस्यमा तेजेन्द्र केसी, खेम लुईंटेल, यज्ञ गैरे, युवराज घिमिरे, वासु घिमिरे, सिद्धिचरण भट्टराई, हितराज पन्थी र नरवहादुर घर्ती निर्विरोध चयन भएका छन् ।
यस्तै पहिलो पटक एकैसाथ चार पत्रकार एमाले जिल्ला कमिटीमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष मोहन चापागाईं, चौतारीका केन्द्रीय सदस्य यम राना, चौतारी रुपन्देहीका पूर्व उपाध्यक्ष सिद्धिचरण भट्टराई र सञ्जय गुप्ता रहेका छन् ।
अधिवेशन यही कात्तिक ६ गतदेखि भैरहवामा सुरु भएको थियो ।
nekapa umale
Rupandehi
