राजनीति

भिक्षा पात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनु होला र?: भट्टराई

भिक्षा पात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनु होला र?: भट्टराई
कात्तिक - ११ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय प्रति नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले बिदा दिएर देशलाई अरु कलंक पार्न लागेकाे अाराेप लगाए । उनले सामाजिक संजाल ट्वीटरबाट प्रतिक्रिया दिइका हुन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई यतिबेला चीनको भ्रमणमा छन्। २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन यतिबेला उनी आज ग्वान्जाओमा पुगेका हुन्। बिहीबार सरकारले भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गर्‍यो। सरकारले चिनियाँ राष्ट्रपति आउँदा पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सरकारकाे निर्णयप्रति सर्वसाधारणले आक्रोस पेखेका छन् । सरकारी निर्णयप्रति आलोचना गर्दै डा भट्टराई दिएकाे प्रतिक्रिया https://twitter.com/brb1954/status/791632651958353920  

Baburam Bhattari Dr. Baburam Bhattari

विशेष