सामाजिक सञ्जाल

दिपकराज गिरीले गरे फेसबुकमा यस्तो कडा प्रतिबाद

दिपकराज गिरीले गरे फेसबुकमा यस्तो कडा प्रतिबाद

deepak

कत्तिक १२।   पञ्जा सफल भएपछि कलाकार दीपकराज गिरी चर्चामा छन । उनको पछिल्लो चलचित्र छक्का पञ्जा त  सुपर हिट नै भयो। यता धुर्मुस सुन्तली फाउन्डेसनका कारण सिताराम कट्टेल पनि एकीकृत बस्ति बनाएर हिट छन्।  फेसबुकमा केहिले भनेछन धुर्मुसले जस्तो समाजसेवा गर्नु छैन ? पैसा कमाएर मात्रै हुन्छ ? यति भने पछि दिपकराज गिरि दिक्क भएर लामो स्टाटस लेखेका छन्।  त्यो स्टाटस एस्तो छ।

छ गिरीको स्ट्ट्यास केहि फेसबुकका महान आत्माहरू लाइ संयुक्त जवाफ दिदैछु जो पटक पटक हामिलाइ सिकाइरहनु हुन्छ.. ....फिल्म बनाएर बस्ने होइन समाजसेवा गर , फिल्म बनाएर पैसा किन कमाको? फलानोको जस्तो गर.. उस्को जस्तो गर इत्यादि ।

जवाफ

कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ ? एउटा चलचित्र बनाउदा ९०५ डुब्ने सम्भावना हुन्छ? केबल १०५ चलचित्र मात्र सफल हुन्छन् नेपालमा .....१ करोडको लगानिले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर जÞिन्दगी भरलाइ कमाउने बाटो हुन सक्थ्यो तर हामिले चलचित्र बनाएर जोखिम उठायौ, चलचित्र बनाउनु, समाजको यथार्थवाइ पर्दामा उतार्नु ,कविता लेख्नु, पुस्तक लेख्नु.... पैसा कमांउन मात्र गरिएको काम हो? ..  लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामी पढिरेका छौ के उनले कविता लेख्न छोडेर समाजसेवा गर्नु पथ्र्याे? उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू ? नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए ?

साधुरो सोच नराख्नुस.. समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर, संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा ?

कसै संग कसैलाइ तुलना नगर्नुस

सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ... समाजसेवा मात्र संसारको एउटा मात्रै बिकल्प होइन...आफूले लागेको क्षेत्र बाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो, समाजसेवा हो आफ्नो पेशामा सत प्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो हामीले त गर्यौ र गरेको महसूस पनि छ .....तर तपाइ जस्ले फेसबुकमा ....धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ .....तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने ? कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ ।

तर .. वकिल, डाक्टर, कवि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर,काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र ?

Dipak Raj Giir

विशेष