राजनीति

'एमाले पनि संविधान संशोधनप्रति नकारात्मक छैन' -काँग्रेस महामन्त्री कोइराला

'एमाले पनि संविधान संशोधनप्रति नकारात्मक छैन' -काँग्रेस महामन्त्री कोइराला
कात्तिक - १२ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्रै टक्का भन्न नहुने तर्क गरेका छन्। संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले त्यस्ता विचार त्याग्नु जरूरी भएको उनले बताए। sashanka-koirala कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने – नेकपा (एमाले) पनि संशोधनप्रति नकारात्मक छैन। महामन्त्री कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता छ भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राखे। उनले दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्नसमेत मधेसी मोर्चासँग आग्रह गरे। एक प्रश्नको जवाफमा महामन्त्री कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारे पनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र नभएको जिकिर गरे। लोकमानलाई दिइएको अधिकार संशयको विषय हो भन्दै उनले महाभियोगको प्रस्तावले उत्पन्न तरङ्गमा सबैलाई संवेदनशील हुनु आवश्यक भएको धारणा राखे। महामन्त्री कोइरालाले स्थानीय निर्वाचन गराउनुभन्दा पूर्व नै प्रान्तको संरचना प्रस्ट हुनुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तुत सङ्ख्या सन्दर्भमा गहन छलफलको आवश्यकता रहेको बताए।

Nepali Congress sashanka koirala

विशेष