राजनीति

निलम्बित अख्तियार प्रमुख कार्की राजीनामाको तयारीमा

निलम्बित अख्तियार प्रमुख कार्की राजीनामाको तयारीमा
lok-man-sing-karki
कात्तिक - १२ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजीनामा दिने बारेमा निकटवर्तीसँग छलफल गरिरहेको गोप्य सूचना नेपाल आजलाई प्राप्त भएको छ । महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा भावि पिढींले समेत नकारात्मक हिसावले बुझ्ने भन्दै कार्की तनावमा छन् । उनले परिवारका सदस्य र निकटजनसँग राजीनामा गरी सुरक्षित अवतरण गर्ने सम्बन्धमा छलफल गरिरहेको स्रोतले बतायो । संसद बैठक स्थगित भएको समय र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणलाई सकेसम्म आफ्नो पक्षमा पार्ने र परिणाम सकारात्मक नदेखिएमा राजीनामा दिने निष्कर्षमा कार्की पुगेका हुन् ।
कार्कीका विकल्प १) महाअभियोग प्रस्ताव गर्दा लगाइएका ९ आरोपको प्रमाण संसदीय समितिले जुटाउन नसकेमा महाअभियोगका विपक्षमा माहोल बढ्ने कार्कीको बुझाइ छ । उनका निकटवर्तीहरुले आरोप लगाएजस्तो प्रमाण जुटाउन सहज नहुने भन्दै कार्कीलाई थामथुम पारिरहेको बताइन्छ । प्रमाण बिना आरोपकै भरमा महाअभियोग पारित हुन कठीन हुनेछ । २) कांग्रेसप्रति नजरः काँग्रेस नेताहरु खुमबहादुर खड्का कार्कीका लागि सबैभन्दा नजिकको आधार बन्ने देखिएको छ । खड्का पक्षले कार्कीको महाअभियोग एमालेको डिजाइन भन्दै यथेष्ट प्रमाण बिना काँग्रेस महाअभियोगको पक्षमा नलाग्ने दाबी गर्दै आएको छ । खड्कामार्फत कार्कीले देउवालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । काँग्रेसले महाअभियोग प्रस्तावको विपक्षमा मत दिएमात्रै पनि कार्कीको पद जोगिने छ । ३) मोर्चाले भरथेग गर्ने आशाः मोर्चाले छठ लगत्तै आन्दोलन तिब्र पार्ने सम्भावना छ । संविधान संशोधनलाई लिएर मोर्चाले आन्दोलन थालेमा संसद अवरुद्धसम्मको स्थिति बन्ने छ । संसद अवरुद्ध भएमा कार्की तत्काल महाअभियोगबाट जोगिने छन् । महाअभियोग प्रस्तावको छिनोफानो नभएसम्म उनी निलम्बित अवस्थामा रहनेछन् । निलम्बित अवस्था धेरै लम्बदा खेल्ने ठाऊँ बढ्दै जाने कार्की पक्षको बुझाइ छ ।
कार्कीका लागि तगरा कार्कीका लागि डाक्टर गोविन्द केसी, केही ठूला संचार माध्यम र सामाजिक संजाल टाउको दुखाइको विषय बनेका छन् । दलहरुलाई प्रभावित गरेर आफूलाई हटाउन मिडियाले भुमिका खेलेको निष्कर्षमा कार्की पुगेको बताइन्छ । कार्कीको महाअभियोग पारित नभए उनको विरुद्धमा एक पछि अर्को महाअभियोग प्रस्ताव दर्ता गर्दै जाने र उनलाई निलम्बनमा पारिरहने प्रस्तावकहरुले रणनीति बनाएका छन् । ‘पहिलो पटकमै महाअभियोग प्रस्ताव पारित गरिन्छ । यदि सकिएन भने एक पछि अर्को महाअभियोग प्रस्ताव दर्ता गर्दै कार्कीलाई निलम्बनमा राखिन्छ ।’ कार्कीलाई महाअभियोग लगाउनु पर्ने अभियानमा लागेका एक सांसदले हास्दै भने । कार्कीका लागि सर्वोच्व अदालत सबैभन्दा बाधक बन्ने देखिएको छ । संसदबाट महाअभियोग प्रस्ताव पारित नभए पनि सर्वोच्व अदालतद्वारा आफू फालिने निष्कर्षमा कार्की पुगेको बताइन्छ । ‘संसद र सर्वोच्वको दोहोरो मारमा परेको अनुभव गरेका कार्कीले महाअभियोग प्रस्ताव पारित हुने पूर्ण आधार तयार भएमा राजीनामा गर्नुहुनेछ ।’ कार्की निकट स्रोतले बतायो ।
 

Lokman Sing Karki Naryana Paudel srbacho adalat

विशेष