कला साहित्य

के देवकोटा गरीब थिए ? वास्तवमा देवकोटा गरीब थिएनन्, अरुले बनाइदिए

के देवकोटा गरीब थिए ? वास्तवमा देवकोटा गरीब थिएनन्, अरुले बनाइदिए

कात्तिक १४ । आज लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पनि हो । लक्ष्मीपुजाको दिन जन्मिएकाले देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो । लक्ष्मीपुजाको दिन जन्मिए पनि देवकोटालाई गरीब भनेर ब्याख्या गरिन्थ्यो ।

तर, महाकवि देवकोटा गरीब थिएनन् । राणाकालमा डिठ्ठा, विचारीहरु नै सम्पन्न हुन्थे । चल्तीका राणाका छोराछोरीलाई ट्यूसन पढाउने देवकोटा गरीब थिएनन् भन्ने तर्क गरीन्छ ।

साहित्यकार तथा मधुपर्क मासिकका सम्पादक श्रीओम रोदन श्रेष्ठ भन्छन्, ‘त्यति मात्रै होइन देवकोटा त्रिचन्द कलेजका प्रोफेसर, नेपाली भाषा प्रकाशन समितिका लेखक अथवा भनौं जागिरे थिए । उनी मन्त्री पनि भएका थिए । यस्ता मान्छे गरीब थिए भन्नु चाहिँ परम्परागत सोच मात्रै हो । लेखक कविचाहिँ गरीब नै हुनु पर्छ भन्ने सोचाई थियो, केही हदसम्म अहिले पनि छ । त्यसैले देवकोटा गरीब थिएनन् । ’

पैसाको अभावमा उनको उपचार नभएको भ्रम मान्नहरु धेरै छन । अहिले नै अन्तिम स्टेजको क्यान्सको उपचार हुँदैन भनेपछि त्यो बेला उपचार सम्भव नभएको पनि हुन सक्छ भन्ने तर्क पनि सुनिन्छ । त्यसैले अहिले देवकोटालाई गरीब नमान्ने धेरै छन् ।

साहित्यिक अन्वेषक नरेन्द्रराज प्रसाईको ‘देवकोटाको जीवनशैली’मा देवकोटाको ८० विघा जमिन भएको उल्लेख छ । ८०विघा जमिन हुने मानिस कसरी गरीब हुन्छ ? त्यति मात्रै होइन देवकोटा त्यही बेलामा ट्यूसन पढाएर महिनाको २१ सय कमाउँथे । २१ सय रुपैयाँ कमाउने मानिस कसरी गरीब हुन्छ ?

देवकोटाको परिवार गरीब थिएन । तर देवकोटा अत्यन्त लहडी थिए । उनको हातमा पैसा पर्ने बित्तिकै कसरी खर्च गर्ने भन्ने ध्याउन्न मात्रै हुने गथ्र्यो । उनकी पत्नी मनदेवी धर्मकर्ममा लागिन् । धेरै पैसा धर्ममा उडाउन थालिन् । अनि देवकोटा पनि पैसा घरमा ल्याउन भन्दा बाहिरै खर्च गरिदिन्थे । जसका कारण व्यवहार बिथोलिएको थियो । यदि घरव्यवहार व्यवस्थीत भएको भए देवकोटा सम्पन्न मध्येमै पर्थे ।

laxmi prasad devkota

विशेष