रोजगार

‘निजामती सेवालाई प्रभावकारी बनाइने’

‘निजामती सेवालाई प्रभावकारी बनाइने’
कात्तिक - १४ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले युनियनले मुलुकलाई सुशासनयुक्त बनाउने काम अघि बढाउने बताएका छन् । punaya-dhakal सदरमुकाम फिदिममा उनले भने , “कसरी सेवालाई प्रभावकारी बनाउने र सेवाग्राहीलाई सन्तुष्ट बनाउने भन्ने हेतुले हामी काम गरिरहेका छौँ ।” कुनै कर्मचारीले गल्ती ग¥यो भने ऊ आफैँ जिम्मेवार हुनुपर्ने र उसैले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने उनकाे भनाइ थियाे । अध्यक्ष ढकालले नेपाल कर्मचारी युनियन सङ्घ र राष्ट्रिय कर्मचारी सङ्गठनलाई सर्वोच्च र पुनरावेदन अदालतमा दायर गरिएको मुद्दाबारे पुनःविचार गर्न आग्रह गरे । रासस

Nijamati Karmachari punaya prasad dhakal

विशेष