राजनीति

नेपाल सम्बतलाई सम्पूर्ण नेपालीको राष्ट्रिय संवत्: प्रधानमन्त्री दाहाल

नेपाल सम्बतलाई सम्पूर्ण नेपालीको राष्ट्रिय संवत्: प्रधानमन्त्री दाहाल
राजनीति 

कात्तिक - १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बत नेवारी समुदायको मात्र नभएको बताए । उनले नेपाल सम्बतलाई सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताए । prachanda “के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो” प्रधानमन्त्री दाहालले भने । नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो । न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए । खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उनको जोड रहेको थियो । उनले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याए । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उनको भनाइ थियो ।समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गरे ।

nepal sambat Prachanda

विशेष