राजनीति

संविधान संशोधन प्रस्ताव दर्ता अन्तिम तयारीमाः मन्त्री पौडेल

संविधान संशोधन प्रस्ताव दर्ता अन्तिम तयारीमाः मन्त्री पौडेल
राजनीति 

कात्तिक - १५ । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताए । dhaniram-paudel प्रेस सेन्टर नेपाल शाखा म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ पुग्ने धारणा राखे । मधेस केन्द्रित, सत्ता साझेदार, प्रतिपक्ष र नागरिक समाजसँग छठ अघिनै संशोधनको विषयमा सहमति कायम गर्ने पहल भइरहेको मन्त्री पौडेलले जानकारी दिए । संविधान संशोधन, निर्वाचन आयोगको तयारी र निर्वाचन सम्बन्धित कानुन निर्माण, स्थानीय तहको सिमाना निर्धारणसँगै चुनावमा भाग लिने सबै राजनीतिक दलको प्रतिबद्धतासहितको वातावरण बनाउन सरकारले जोड दिएको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेलले हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सात वर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताए । सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण बनाउन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई प्रोत्साहनका लागि पुरस्कृत गरिने मन्त्री पौडेलले जानकारी दिए । उनले शिक्षक राजनीतिक दलको कार्यसमितमा बस्न नपाउने व्यवस्था कार्यान्वयनका लागि नागरिक समाज र सरोकारवालाबाट सहयोगको अपेक्षा व्यक्त गरे ।
 

dhaniram paudel

विशेष