कला साहित्य

साहित्यकार विकलको ८९औँ जन्मजयन्तीका अवसरमा बालप्रतिभा पुरस्कार वितरण

साहित्यकार विकलको ८९औँ जन्मजयन्तीका अवसरमा बालप्रतिभा पुरस्कार वितरण
कला साहित्य

कार्तिक - १५ । साहित्यकार रमेश विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बालप्रतिभा पुरस्कार वितरण गरिएको छ । ramesh-bikal विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उनको जन्म भएको थियो । साहित्यकार विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने दुई गरी पाँच जनालाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो । समाजले स्थापना गरेको विकल बालप्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद रामेश्वर फँुयालले हाँस्य व्याङ्ग्यकार भैरव अर्याल र रमेश विकलजस्ता चर्चित साहित्यकारले जन्म लिएको जोरपाटी आरुबारी क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताए । कलाकार केके कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि हुनुहुन्थ्यो भने । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र समाजका अध्यक्ष वेदमणि घिमिरेले साहित्यकार विकलको व्यक्तित्व एवम् कृतित्वका बारेमा प्रकाश पारेका थिए । प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ लगायत कृति चर्चित छन् । रासस

Ramesh Bikal

विशेष