राजनीति

नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय : मुखर्जी

नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय :  मुखर्जी

mukarje कात्तिक १८ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर संगसंगै अगाडि बढ्न चाहेको बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्मानमा आयोजना गरेको रात्रिभोज समारोहमा भने, हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ ।

नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गरे।

शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उनको प्रतिबद्धता थियो । प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउंदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाए ।

शान्ति र सुरक्षा २१औं शताब्दीको साझा चुनौती भएकाले आतङ्कवादका सबै प्रकारका प्रकट रुप उन्मूलन गर्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा उनको जोड थियो । नेपालको न्यानो आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै भारतीय राष्ट्रपतिले नेपालका राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिए ।

mm

त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले सो रात्रीभोजमा बोल्दै भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले नेपालको विकास अभियानमा भारतले पु¥याएको सहयोगको सराहना गर्दै विगत सात दशकमा भारतले अनेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको परिप्रेक्ष्यमा द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्न हामी इच्छुक छौं ।

राष्ट्रपति भण्डारीले अठार महिना अगाडि गएको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माणका लागि प्राप्त सहयोगका निमित्त भारत सरकार तथा जनताप्रति धन्यवाद व्यक्त पनि गरिन्

Pranab Mukarjee

विशेष