विचित्र विश्व

ट्राफिक जाम गरेको भन्दै कुखुरा गिरफ्तार

ट्राफिक जाम गरेको भन्दै कुखुरा गिरफ्तार

कातिक—१८ स्कटल्याण्डमा नियम विपरित सडक पार गरेको आरोपमा एउटा कुखुरालाई त्यहाको प्रहरीले गिरफ्तार गरेको छ । पुलिसले बजार क्षेत्रबाट उक्त कुखुरालाई पक्राउ गरेको हो ।

उक्त कुखुराले निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको थियो । कुखुराले सडक पार गरिरहँदा कुखुराका कारणले ट्राफिक जाम भएको थियो । कुखुराका कारण ट्राफिक जाम भएपछि सवारी चालकहरुले पुलिसलाई गुनासो गरेका थिए । त्यसपछि पुलिसले उक्त कुखुरालाई गिरफ्तार गरेको हो ।

सुरुमा प्रहरीले उक्त कुखुराको मालिक कोहीँ छ की भनेर खोजी गरेपनि कोही भेटिएको थिएन् तर कोही नभेटेपछि प्रहरी आफैले कुखुरा समातेको थियो । प्रहरीले उक्त कुखुरालाई स्कटल्याण्डमा जनावर अधिकारको क्षेत्रमा काम गर्ने एस एस पि सि ए नामक संस्थालाई खबर गरेर कुखुरालाई हिरासत मुक्त गरेको छ ।

Road Block Traffic Jam

विशेष