देश समाज

रेडिमेड विद्युतीय सामानले कोहार जातीको पेशा संकटमा

रेडिमेड विद्युतीय सामानले कोहार जातीको पेशा संकटमा

कात्तिक १८ । विद्युतिय झिलमिलीले कोहार जातीका पेसा संकटमा परेको छ । माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कोहार पेसाकर्मीहरु अहिले रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण एकदशक देखि यो पेशासंकटमा पर्दै गएको हो ।

खासगरि शुभ दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै दियो, पालो, गाग्रो, र घंटीहरुले प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेड बति तथा प्लास्टिक, स्टिलका भाँडोकुडाले पेशा संकटमा परेको हरपुर निवासी पुर्णवाशी कोहांरले बताए ।

पुर्णवाशी विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए । एक दशक अगाडी बतिबल्ब तथा स्टिल र प्लास्टिकका भाँडाकुडाको प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थ्यो तर अहिले मुख्य मिस्त्री नै समेत बेरोजगार हुनु पर्ने अवस्था रहेको छ । उनले भने ।

पहिला शुभ दिपावली तथा छठपर्वका बेला मात्रै लाखाै नगद सहित ३–४ क्विन्टले धान समेत दियो र गाग्रोेबाट आर्जन गरिन्थ्यो । हाम्रो मुख्य आम्दानीको श्रोत नै ओझेलमा परेको पुर्णवासी दुख व्यक्त गरे ।

विशेष