विचित्र विश्व

कुखुराेले ट्राफिक नियम विपरित सडक पार गर्दा गिरफ्तार

कुखुराेले ट्राफिक नियम विपरित सडक पार गर्दा गिरफ्तार
फरक दुनिया/काठमाडाैँ 

कात्तिक–१८ । गाडी चालक तथा पैदल यात्रुले हरेकले सडक पार गर्नका लागि ट्राफिक नियम हुन्छन् । यस्ता नियाम पालना गर्न अनिवार्य छ । मान्छेले ट्राफिक नियम पालना नगर्दा कारबाही हुन्छ । तर, स्कटल्याण्डमा भने ट्राफिक नियम मिचेको भनेर कुखुरालाई कारवाही गरिएको छ । निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको कुखुरालाई पुलिसले बजार क्षेत्रबाट गिरफ्तार गरेको हो । कुखुराले नियम विपरित सडक पार गरिरहँदा ट्राफिक जाम थियो । कुखुराका कारण ट्राफिक जाम भएपछि सवारी चालकहरुले पुलिसलाई गुनासो गरेका थिए । त्यसपछि पुलिसले उक्त कुखुरालाई गिरफ्तार गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । एजेन्सी
 

Chicken Arrested Traffic Roles

विशेष