राजनीति

मधेसी मोर्चालाई भारतीय राष्ट्रपतिको सुझाव– संविधान संशोधनसम्म पर्खनुहोस्

मधेसी मोर्चालाई भारतीय राष्ट्रपतिको सुझाव– संविधान संशोधनसम्म पर्खनुहोस्

unnamed

कात्तिक १९ । संविधान संशोधन तयारी चलिरहेको बेला नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मधेसवादी दलका नेतालाई पर्खन सुझाव दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध सात मधेसवादी दलका अध्यक्षलाई भ्रमणको दोस्रो दिन बिहीबार राति भेट्दै मुखर्जीले संविधान संशोधन हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

यहाँ प्रधानमन्त्रीजीसँग कुरा हुँदा उहाँले संशोधनका लागि प्रयास भइरहेको छ भन्नु भएको छ, मुखर्जीको भनाइ उदधृत गर्दै बैठक स्रोतले भन्यो, ‘तपाईहरुको माग सम्बोधन हुने अवस्थामा सकभर संघर्षमा जानु पर्ने स्थिति नआओस भन्ने चाहना छ । अब संविधान कार्यान्वयनबाटै नेपालले प्रगति गर्न सक्छ । ’ झन्डै आधा घण्टाको भेटमा मुखर्जीपछि बोल्दै तमलोपा अध्यक्ष महन्थ ठाकरले संविधान संशोधन प्रस्ताव दर्ता हुने र मोर्चाको माग सम्बोधन हुनेमा आशंका कायमै रहेको बताएका थिए । कान्तिपुर दैनिकबाट

विशेष