कला साहित्य साहित्य आज

मुखर्जी भ्रमणका शन्दर्भमा खनालले कविताबाटै झटारो हाने छबिलाललाई (भिडियोसहित)

मुखर्जी भ्रमणका शन्दर्भमा खनालले कविताबाटै झटारो हाने छबिलाललाई (भिडियोसहित)
ram-prasad-khanal-nepalaaja मुर्खजी र हाम्रा छबिलालहरु ! –रामप्रसाद खनाल पृथ्वीनारायण शाहको शालीक तोड्दै नेपाल एकिकरण गर्ने जन्मदिन छोड्दै सार्वजनिक बिदा कटौती गर्ने राक्षसी सरकार आज सार्वजानिक बिदा दिएर कर्फ्युको झल्को दिएर सडकमा जनताको सातो लिएर सडकपेटी सब कब्जा गरेर एयरपोर्ट भित्र यात्रुहरु खचाखच भरेर राष्ट्रिय अन्र्तराष्ट्रिय उडान रद्ध गरेर मुर्दा शान्तिको झल्को दिँदै आफ्ना मालिकको चाकडीमा लिप्तहरु मेरोदेशको प्रधानमन्त्री र नेताहरु उनकै आदेशमा चुन्न बाध्य संवैधानिक राष्ट्रपति अनि नोकर जस्तै बनाईएका सुरुक्षाकर्मीहरु लम्पसार परेर चाकडी गर्दै गरेका मान्छे जस्तै देखिने तर, महिषासुर बिर्साउने मेरो देशका प्रधानमन्त्री उनका पछाडि दौडिने भतुवाहरु सबै देख्दा मन अमिलो भएर आयो । आफैले आफैलाइ सोधेँ ‘सबै दिएर देशले के पायो ?’ मनमनै लाग्यो दरबारमार्गको नारायणहिटी दिल्ली सरेछ दिल्लीले लैनचौर मात्र होईन नेपाल भरेछ अझ भनौ गर्नु गरेछ ।। राम्रो नेपाली त जिउदै मरेछ आफ्नै राष्ट्रपति जनकपुर जाँदा अबरोध गर्नेहरु रामजानकी मन्दिर परिसर ईट्टा र ढुङगां भर्नेहरु आज मुर्खजीको स्वागतमा एक हुदै दंग भएका छन् मालिकको जो आदेश फर्मान सँगसँंगै गएका छन् म लाजले भुतुक्क हुदै समाचार भिडियो र फोटोहरु हेर्दैछु खपिसक्नु भएन मनका व्यथा कागजमा कोर्दैछु । [embed][/embed]

विशेष