राजनीति

चीन टुक्र्याउन खोज्नेसँग सभापति देउवा भारतको गोवामा एउटै कार्यक्रममा सहभागी हुँदै

चीन टुक्र्याउन खोज्नेसँग सभापति देउवा भारतको गोवामा एउटै कार्यक्रममा सहभागी हुँदै

04112016084216duba-1000x0

कार्तिक १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चीनमा पृथकतावादी आन्दोलन चलाइरहेका चिनियाँ नेताहरुसँग एउटै कार्यक्रममा सहभागी हुने भएका छन् ।

भारतको गोवामा आज (शुक्रबार) बाट हुन लागेको ‘इण्डिया आईडियाज कन्क्लेभ( २०१६’ मा देउवा तिब्बतका नेताहरुसँग एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन् ।

स्वतन्त्र तिब्बतको माग गर्नेहरुसँगै बसेर सभापति देउवाले गर्ने सम्बोधनले नेपालको चीन नीति विवादमा तानिने सम्भावना बढेको छ । देउवाको यो कदमलाई कुटनीतिकवृत्त आश्चर्यका साथ हेरिएको छ ।

भारतको सत्तारुढ भाजपानिकट थिंकट्यांक ‘इण्डिया फाउन्डेशन’ ले आइतबारसम्म आयोजना गर्ने तीनदिने कन्क्लेभलाई तिब्बतका निर्वासित नेता दलाई लामाले भिडियो सम्बोधन गर्ने कार्यक्रम छ भने निर्वासित ‘तिब्बती सरकारका प्रधानमन्त्री’ लोब्साङ साङ्गे त्यहाँ देउवासँगै प्रत्यक्ष सहभागी हुँदैछन् ।

केही महिनायता चीनसँग सम्बन्ध चिसिदै गएपछि भारतले तिब्बती स्वतन्त्रता पक्षधर गतिविधिलाई प्रश्रय दिन थालेको छ । यही पृष्ठभूमिमा गोवामा आयोजित कार्यक्रममा तिब्बती पृथकतावादी नेताहरुसँगै कांग्रेस सभापति देउवालाई पनि आमन्त्रण गरिएको हो । त्यहाँ उनको सहभागिताले नेपालको सत्ता सञ्चालकसमेत रहेको सबभन्दा ठूलो दलका सभापति विवादमा तानिने र नेपाल–चीन सम्बन्धमा समेत यसले असर पार्नसक्ने जानकारहरुको भनाइ छ ।

विशेष