राजनीति

'बार्दलीमा उभिएर छिमेकीलाई गाली गरेर केही पाइँदैन' - कांग्रेस नेता डा. रिजाल

'बार्दलीमा उभिएर छिमेकीलाई गाली गरेर केही पाइँदैन' - कांग्रेस नेता डा. रिजाल
कात्तिक १९ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिन नेपाल भ्रमणले चिसिएको नेपाल–भारत सम्बन्धमा न्यानोपनको संकेत देखा परेको बताएका छन् । उनले भने, ‘मुखर्जीको नेपाल भ्रमण राम्रो हो, महत्वपूर्ण हो, यो हाम्रो लागि पनि खुशीको विषय हो ।’ साक्षात्कारमा नेता रिजालले आफू सरकारको प्रवक्ता हुँदा नै नेपाल–भारत सम्बन्ध चिसिएको उल्लेख गर्दै भने, ‘त्यतिबेलै नेपाल–भारत सम्बन्ध चिसिएको हो, अहिले न्यानोपना आएको छ ।’ उनले अनावश्यक रुपमा भारतलाई गाली गर्दा यसको बेफाइदा नेपाललाई नै हुने बताए । रिजालले अघि भने, ‘भारत हाम्रो छिमेकी मात्रै होइन, नेपालको विकासमा सहयोग पुर्याउने असल मित्र पनि हो ।’ नेता रिजालले अब मुलुकमा राजनीतिक मुद्दाभन्दापनि आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखे । उनले भने, ‘अब बार्दलीमा उभिएर छिमेकीलाई गाली गरेर केही पाइँदैन । यो कुरामा हामी सबै सचेत हुनुपर्छ ।’

Minendra Rijal

विशेष