राजनीति

प्रचण्डले आफुतिर नहेरी आफ्ना पार्टीका मन्त्रीलाई सोधेछन्, ‘गलत छबि किन बनिरहेको छ ?’

प्रचण्डले आफुतिर नहेरी आफ्ना पार्टीका मन्त्रीलाई सोधेछन्, ‘गलत छबि किन बनिरहेको छ ?’

prachanda

कात्तिक–२० । माओवादी केन्द्रले सम्हालेका मन्त्रालयको कामकारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीका मन्त्रीहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो नेतृत्व सरकार गठन भएको ३ महिना पुगेको दिन शुक्रबार प्रधानमन्त्री दाहालले पार्टी सम्बद्ध मन्त्रीलाई बालुवाटार बोलाई गलत छवि बन्न गइरहनुको कारण सोधेका थिए । ‘हाम्रा नेताले सम्हालेका मन्त्रालयबारे जनता र कार्यकर्ताको गुनासा दिनहुँ म कहाँ आइरहेको छ,’ दाहालले भने,‘मैले सुरुमै भनेको थिएँ, यो सरकार सिंगो पार्टीका लागि अग्निपरीक्षा हो, तर यस कुरालाई किन गम्भीर रुपमा लिइएन ?’

बैठकमा सहभागी एक नेताका अनुसार दाहालले सन्तोषजनक काम नभए सम्बन्धित मन्त्रालयका मन्त्रीको विकल्प सोच्ने चेतावनी पनि दिए । आफूले सरकारको छवि राम्रो बनाउन अरु समयभन्दा बढी खतेर काम गरिरहेको भन्दै उनले युद्धकालको स्पिरिट सरकारमा समेत देखाउनुपर्ने बताए । सरकार सय दिनमा टेक्न लागिरहेको प्रतिपक्षीले कार्यक्षमतामाथि प्रश्न उठाउन सक्ने भन्दै दाहालले माओवादीलाई ‘हनिमुन’ मनाउने सुविधा नरहेको, मन्त्रीहरुलाई स्मरण गराए ।

भेटमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा र स्थानीय विकासमन्त्री हितराज पाण्डे भने अनुपस्थित थिए । बिहान ९ बजे आयोजित माओवादी मन्त्री बैठकको सूचना एक घण्टाअघि मात्रै गरिएकाले केही मन्त्री अनुपस्थित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाए । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने बैठकमा माओवादीका मन्त्रीबारे किटेर कुराकानी नभएको दाबी गरेका छन् । –कान्तिपुर

विशेष