मनोरञ्जन समाज

दिपाश्रीको यसपालीको छठ पर्व यस्तो

दिपाश्रीको यसपालीको छठ पर्व यस्तो
समाज । मनोरञ्जन । काठमाडौँ

कात्तिक – २० । ‘यो पालीको छठ विराटनगरमा मनाउँदै छु । तिहारदेखि छठसम्म सधैँ विराटनगरमा बस्ने गरेकी छु । छठ मनाएर बल्ल काठमाडौँ फर्कन्छु ।’ हामी टेलिफोन वार्तालापमा थियौँ । दीपाले छठ पर्व मनाउँदका अनुभव सुनाउँदै थिइन् । deepa-neraula
कलाकार तथा निर्देशक दीपाश्री निरौला तिहार मनाउन विराटनगर पुगेकी छठपछि मात्रै कार्यक्षेत्र, काठमाडौँ फर्किने बताइन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठपर्व दीपाश्रीले पनि बाल्यकालदेखि नै मनाउँदै आएको बताइन् । ‘मैले छैठ मनाउन लागेको ४० वर्ष भयो ।’ उनले हाँस्दै भनिन् । उनी भाग्य र धर्मलाई एकदम विश्वास गर्ने बताउँछिन् । ‘म भाग्य र धर्ममा एकदम विश्वास गने मान्छे हुँ । बुझ्ने भएदेखि मलाई छठि माताको झन् धेरै मोह छ ।’ उनले सुनाइन् । अहिलेसम्म छठको अवसरमा छठि मातासँग आफूले मागेका हरेक इच्छा पूरा भएको खुलासा गरिन् । ‘छठी मातासँग मागेको कुराहरु पूरा भएर नै आज म यहाँसम्म छु,’ उनले थपिन् ‘त्यसकारण पनि छठि माताप्रति मेरो आस्था अझ बढ्दो छ ।’ उनले छठ पर्व एकदमै रमाइलो लाग्ने बताइन् ।

‘छठी माता सँग मागेको कुराहरु पूरा भएर नै आज म यहाँसम्म छु,’ उनले थपिन् ‘त्यसकारण पनि छठि माताप्रति मेरो आस्था अझ बढ्दो छ ।’



कसरी मनाइन्छ छठको अवसरमा भक्तजनहरुे सूर्यको पूजा गर्ने गर्छन् । वैदिक देवता सूर्यको उपासना षष्ठी तीथिमा गरिएको कारणले यसलाई छठ भनिएको हो । नेपालमा चैत्र शूक्ल र कार्तीक शूक्लगरि वर्षको दुई पटक छठ मनाउने चलन चलिआएको छ । ४ दिनसम्म मनाइने छठको सुरुवात कार्तिक शूक्ल चतुर्थी तीथिमा हुने गर्छ । छठको अवसरमा भक्तजनहरुले चिताएको फल प्राप्तीको लागि ३६ घण्टा व्रत बस्छन् । जलाशयमा गएर अस्ताउदो भगवान सूर्यलाई अर्घ, जल, दूध दिएर प्रसाद अर्पण गर्दै यो चाड मनाइन्छ ।
दीपाश्री कसरी मनाउँछिन् ‘आजबाट दिउँसभरि पानी समत नखाई व्रत बसिन्छ । आज सबै मानिसहरु खर्ना बस्छन् ।’ दिउँस केही नखाई बेलुका भएपछि खीर खाने उनको योजना छ । भोली राती सूर्य भगवानलाई अर्घ चढाउछु र छठी माताको पूजा गर्छु,’ उनले भनिन्, ‘पर्सि सूर्य भगवानलाई सूर्य उदाउनु भन्दा अघि गएर सूर्यलाई हेरेर पानी चढाएपछि कार्य सकिन्छ ।’
विशेष परिकार खानेकुराको कुरा गर्दा छठमा ठेकुवालाई विशेष परिकार मानिन्छ । साना साना केराउको दाना चढाउने पनि चलन छ । त्यस्तै उखुको टुक्राहरु पनि चढाइन्छ । विशेष चाँहि ठेकुवा हुन्छ । यो गहुँको पिठोबाट बन्छ । म आफँैले पनि बनाउने गरेकी छु । आज रातभरिको काम नै ठेकुवा बनाउने, जागरम बस्ने हो । घरमा हरियो गोबरले लिपेर, शुद्ध बनाएर छठ मनाइन्छ । गाउँभरिका मान्छेले डालो र नाङलोमा सामान ल्याएर दिनुहुन्छ । त्यसपछि घैलोमा पूजा गरिन्छ ।
-  कञ्चन न्यौपाने
 

chait parba deepa sree neraula

विशेष