सहकारीको विकासले मात्र देश आर्थिक रुपमा अघि बढ्न सक्छः नेता खनाल
राजनीतिक । नवलपरासी ।
कात्तिक – २० । नेपाली काँग्रेका युवा नेता एवम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको विकासबिना देशको आर्थिक विकास सम्भव बताएका छन् । उनले नवलपरासीको दाउन्नेदेवीमा चेतना महिला कृर्षी सहकारी संस्थाको लिमिटेडको बार्षीक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बिचार राखेका हुन् । महिलाद्वारा सहकारी सञ्चालनका लागि सरकारले विशेष नीति ल्याउनु पर्ने माग राख्दै उनले सहकारी संस्थाको आर्थिक अवस्था बलियो भएमा मात्रै देशको आर्थिक अवस्थामा सुधार हुने बताए । नवलपरासी निर्वाचन क्षेत्र न। ५ का सांसदसमेत रहेका खनालले यस क्षेत्रको समग्र विकास निमार्णका काम जनतासंगै हातोमालो गर्न तयार रहेको जिकिर गर्दै उनले यसका लागि जनताले पनि आफ्नो उचित मार्गनिर्देशन उनको भनाइ थियो । सो अवसरमा नेपाली काँग्रेसकी नेता कमला तिवारी, महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्भरा लुईटेललगायतले सरकारी संस्थाको उचित विकास गर्न राज्य लाग्नु पर्नेमा विचार राखेका थिए ।
– रविन्द्र यादव । नवलपरासी ।
nawalparasi Sahakari