'अान्तरिक मामिलामा बाह्य हस्तक्षेप सहँदैनाै' - एमाले नेता नेपाल

कात्तिक - २० । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दवाव स्वीकार्य नहुने बताएका छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को शनिबार लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दवाव, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गरे।
मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ लाग्नुपर्छ, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ, पूर्वप्रधानमन्त्री नेपालले भने। नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने खतरा आउन नहुने जनाउँदै यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिए।
madhab kumar nepal