सुजाताले उपचार खर्च सरकारसँग होइन पार्टी सभापतिसँग मागिन्
कात्तिक २१ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले क्यान्सर उपचारका लागि खर्च जुटाइदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । देउवानिकट स्रोतका अनुशार मलेसियाबाट फर्किएलगत्तै सुजाताले उपचार खर्च महँगो हुने भनदै एक करोड रुपैयाँ जुटाइदिन आग्रह गरेकी हुन् । उपचारमा केही बढी नै खर्च लाग्नै भन्दै उहाँले रकम जुटाइदिन सभापति देउवासँग आग्रह गर्नुभएको छ । देउवा निकट स्रोतका अनुसार ‘सभापति देउवाले सहयोगका लागि सरकारसँग पहल गर्ने बताउनु भएको छ । ’ क्यान्सरको परीक्षण र प्रारम्भिक उपचारमा सुजाताले करि ५० लाख रुपैयाँ खर्च गरेको उनी निकट स्रोतको दावी छ । –नयाँ पत्रिकाबाट