राजनीति

४६ सालदेखिको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन प्रधानमन्त्री प्रचण्डले यसपटक तोडे

४६ सालदेखिको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन प्रधानमन्त्री प्रचण्डले यसपटक तोडे

prachanda

कात्तिक २१ । प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनि गर्न आनाकानी गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइडमार्फत सार्जजनिक गर्नुपर्ने प्रचलन तोड्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य राखेको हो ।  यसअघि मन्त्रीहरुले मन्त्रिपरिषदमा पेस गर्ने विवरणलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रचलन थियो । तर, त्यसबारे मन्त्रिपरिषदले निर्णय नगर्दा उनीहरुका सम्पत्ति विवरण सार्वजनिक नभएका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यो परम्परा ०४६ सालको जनआन्दोलनपछिको पहिला जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि शुरु भएको हो । –कान्तिपुर दैनिकबाट

विशेष