विचार राजनीति

तराईका भूमिपुत्रको अधिकार खोसेर बिहारबाट पसेका अंगीकृतलाई दिने प्रस्ताव मान्दैनौं

तराईका भूमिपुत्रको अधिकार खोसेर बिहारबाट पसेका अंगीकृतलाई दिने प्रस्ताव मान्दैनौं

kishor-biswas-2-11

किशोरकुमार विश्वास, अध्यक्ष, बहुल राष्ट्रिय समाजवादी पार्टी 

अंगीकृत नागरिकधारीलाई राष्ट्रको प्रमुख पदहरुमा पुर्याउँनु पर्छ भनेर माग गर्नेहरु भारतद्वारा परिचालित, मेड फर इन्डिया, भारतीय आप्रवासी हुन् । कथित मधेसीका नाममा तराईका आदिवासीको अधिकार निमोठ्न यीनीहरु परिचालित छन् । नत्र नेपालकै भूमिपुत्र राष्ट्रको प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, सेनापति, मुख्यमन्त्री हुन पाउने अवसर खोसेर यी कथित मेधसवादीले भारतबाट आएकालाई किन दिन खोज्दैछन् ।

तराईका वास्तविक जनताले पाउने अधिकार खोसेर यी तथाकथित मधेसी नेताहरुले भारतबाट आएका आप्रवासीलाई दिन खोज्ने यी मानिसहरु नेपाली त हुँदै  होइनन्, अब यीनीहरुलाई हामी तराईको पनि रहन दिने छैनौं ।

हाम्रा वीर पूर्खाले फिरंगीबाट जोगाएको मुलुक भारतलाई सुम्पने, आप्रवासीबाट नेपाली जनता शासित हुनु पर्ने प्रावधान लागू गर्न खोज्ने मधेसवादी नेताहरु अब मधेसबाटै भौतिकरुपमै लखटिनेछन् । तराईबाट लखटिएपछि यीनीहरु पहाड र काठमाडौंमा त अटाउँदैनन् नै त्यसपछि जाने भनेको यीनीहरुले आफ्नो मूलघर नै हो । यी राष्ट्रघातीहरुले कांग्रेस भन्ने अर्को राष्ट्रघाती पार्टीसँग मिलेर जे कुकर्म गर्न खोजिरहेका छन् त्यो हामी कुनै पनि हालतमा पूरा हुन दिने छैनौं ।

भारतकै डिजाइनमा काम गर्नेले त जे पनि माग्छन् । यहाँ माग्नेको मात्रै होइन दिनेको पनि कमजोरी छ । कांग्रेस त मुलुककै ठूलो पार्टी हो । जनताको भावना यो पार्टीले बुझ्नु पर्ने थियो । तर अहिले माओवादी र कांग्रेस अंगीकृत नागरिकताधारीलाई पनि प्रमुख पदमा जान दिने गरी संविधान संशोधनमा राजी भएको खबर बाहिर आएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा छन् । यीनले त्यहाँ राष्ट्रघाती आन्तरिक सहमति गरेर फर्कदैछन् भन्ने खबर सुनिएको छ । अंगीकृतलाई प्रमुख पदहरुमा लैजानेबाहेकका पनि विषय छन् । जसले तराईका वास्तविक भूमिपुत्रको अधिकार खोसेर भारतबाट आयातीतहरुलाई दिने काम गर्छ । हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्छ भनेर मैथली, भोजपुरी, थारु भाषा मातृभाषा हुनेहरुले बोल्न थालेका छन् । यसबाट बुझ्नु पर्छ यी मानिसहरु कहाँबाट परिचालित छन् ।

मान्छेले पहिले त आफ्नै भाषालाई माया गर्नुपर्ने हो नी । तर उपेन्द्र यादवलाई नै हेरौं न उनी आफ्ना भाषा, आफ्ना मधेसी दाजुभाईलाई भन्दा बिहारीलाई सजिलो हुने नियम नेपालमा लागू गराउन खोज्छन् । अंगीकृत नेपालीलाई राष्ट्रको माथिल्लो तहमा लैजान नदिँदा कुन चाहिँ भूमिपुत्रको अधिकार खोसिन्छ ? खोसिने त भारतबाट नेपाल आएर नेपाली भएकाहरुलाई अलिकति गाह्रो हुन्छ । नेपालका नेताले नेपालीका लागि सोच्नु पर्ने हो नी । तर यीनीहरु त भारतीयकालागि अहिलेदेखि नै यति धेरै चिन्तित किन छन् ?

किनभने यी जो पनि आफूलाई मधेसवादी भन्ने कथित मधेसीहरु छन् नी यीनीहरु भारतबाट सञ्चालित, फन्डेड हुन् । यीनीहरुले नेपाल, नेपाली र तराईका जनताको हितकालागि राजनीति गरेकै होइनन् । यो सत्य कुरा बुझौं । अझ बेसी त तराईकै जनताले यो सत्य बुझ्न जरुरी छ । हामी यदि तराईका सच्चा भूमिपुत्र हौं भने हाम्रो अधिकारी अंगीकृतवालालाई किन दिने ?

भारतबाट आएकाहरु पहाडे पनि हुन सक्छन् । असाम दार्जलिङबाट आएकाहरु पनि नेपालमा धेरै छन् । तिनीहरु पनि नेपाली होइनन् । भाषा, धर्म मिल्दैमा कोही पनि नेपाली हुँदैन । त्यस्ता घुसपैठीयाहरु नेपालमा रोजगारी गरेर जीवन निर्वाहसम्म गरिरहेका छन् भने ठीकै छ । तर नेपालको राष्ट्रपतिकै कुर्सीमा आँखा गाड्छ भने तिनीहरुलाई ठीक पार्ने विधि खोज्नै पर्छ ।

यसकारण म फेरि पनि भन्छु, अंगिकृतलाई दिन लागिएको अधिकारमा ल्याप्चे लगाउनु भनेको तराईका आदिवासी, जनजाति, भूमिपुत्र, सच्चा नेपालीको अधिकार हनन् गर्नु हो । यस्तो अधिकार हनन् गर्न अहिले कथित मधेसी, माओवादी र कांग्रेस तयार भएका छन् । एमाले पनि हुन बेर छैन ।

मेरो पार्टी बहुल राष्ट्रिय समाजवादी पार्टीसहितको थरुहट थारुवान संयुक्त संघर्ष समितिले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । साच्चै संविधान संशोधनको प्रस्तावमा अंगिकृत नागरिकतलाई यसखाले अधिकार दिने विषयले प्रवेश पायो भने हामी सडक संघर्षमा उत्रने छौं । अधिकार दिलाउनका लागि होइन यो कार्य त तराईका जनताको अधिकार खोस्नका लागि भइरहेको छ ।

नेपालीको अधिकार खोसेर बिहारीलाई दिने संविधान संशोधन कदापी स्वीकार गर्न सकिँदैन । चाहे जे सुकै होस् । राष्ट्र रहे नै हामी रहने हो । राष्ट्र मास्नेलाई मास्नु धर्म र कानुनी हिसाबले पनि न्यायोचित हुन्छ । यसकारण यी राष्ट्र मास्नेहरुलाई नै मास्ने अभियानको शंखघोष चाँडै गर्दैछौं ।

नौ महिने सरकारमा बसेर पनि प्रधानमन्त्री प्रचण्डलाई कुसीको माया कति लागेको छक्क परिसकेँ । यो हदसम्मको सत्ता लिप्सा मैले देखेको थिइनँ । यदि यी प्रचण्डको हातमा हुन्थ्यो भने एक गाविस भारतलाई दिएर एक दिन सत्ता लम्बिने हो भने यीनी त्यो गर्न पनि पछि नपर्ने मान्छे रहेछन् । यीनको जुंगा र घाँटीमा अझै पनि १७ हजारका नेपाली जनताको रगतका छिटाहरु होलान्, त्यत्रा निर्दोश नागरिकको हत्या के यहि दिन देख्नका लागि हो ?

यीनैले ४० बुँदे माग राखेर जनयुद्ध नामको एक रक्तपिपासु महाअपराध शुरु गरेका थिए । त्यो महाअपराधले १७ हजारको ज्यान मात्रै लिएन, त्यो अपराधको कालो छायाँले अझै हामीलाई दुःख दिइरहेको छ । ४० बुँदामा २२ वटा बुँदा त भारतविरोधी थियो । भारत विरोधी बुँदा अगाडि सारेर जनताको मनमा राष्ट्रियताको भावना जगाउने, त्यही बलमा सत्तामा जाने अनि सेवा फेरि भारतकै गर्ने एक बुख्याचा मात्रै रहेछन प्रचण्ड त ।

प्रचण्डले ‘प्रभुका अगाडि झुक्दैनौं’ भन्नुको अर्थ पनि अहिले बुझ्दैछु । भारतले लात हानेर कुर्सीबाट फालेपछि रिसाएर आफ्नो मालिकविरुद्ध बोलेका रहेछन् यीनले । तर सच्चा भक्तले मालिकको एक दुई लात खाँदैमा सेवा गर्न छाड्दैन भने झै अहिले प्रचण्ड फेरि प्रभूको सेवामा लिन छन् । उनको यो लिन भावनामा समाएर भारतले नेपाल नै निल्ने भयो भन्ने चिन्ता मुख्य हो । लम्पसारवादका प्रणेता प्रचण्ड सत्ताको अन्तिम दिनको यात्रामा छन् ।

अब फेरि पनि के भन्न जरुरी छ भने यदि हिन्दीलाई राष्ट्रिय भाषा बनाउने हो भने जनमत संग्रह गरियोस । अंगीकृतलाई कतै नभएको अधिकार दिने हो भने जनमत संग्रह गरियोस् । अहिले मधेसी मोर्चा सीमांकनलाई थाँती राखेर भए पनि बिहारीको हित हुने गरी नागरिकताको विषय अगाडि सारिरहेका छन् । अचम्म लाग्न यी तराईकै हुन कि तराईका जनताको घाँटी निमोठ्न मात्रै जन्मेका अपराधिहरु हुन् ?

अब संघीयताको सवलामा हामीले पहिले देखि नै भन्दै आएको विषय के हो भने पहिचान र सामथ्र्यका आधारमा पुनर्संरचना गरियोस् । मेचीदेखि महाकालीसम्म फैलिएका थारुहरु, तराईमा हजारौ वर्षदेखि बस्दै आएका आदिवासी जनजातिको हक विपरीत हिजोअस्ती पैशामा नेपाली नागरिकता किनेर मधेसका मसिहा भएकाहरुले ल्याउने प्रस्ताव खारेज हुनु पर्छ । विदेशीको पैशा खाएर विदेशीकै एजेन्डा बोकेर नेपाल पसेका राष्ट्रघातीहरुबाट यो देशको भलाई हुँदैन । यो तथ्य बुझौं ।

(अध्यक्ष विश्वाससँग भएको कुराकानीमा आधारित )

विशेष