सुनको सिंहासनमा बस्ने राजा (फोटो फिचर)

दुनियाँमा त्यस्तो देश पनि छ, जहाँका राजा सुनको सिंहासनमा बस्ने गर्छन् । ति देश आर्थिक रुपमा आत्मनिर्भर छन् । मानिसहरु जुन आर्थिक धरालतमा बसेको भएपनि राजा भने सुनको सिंहासनमा बस्ने गरेका छन् ।
पश्चिम अफ्रिकाकी मुलुक नाइजेरियामा यस्तो अवस्था रहेको छ । नाइजेरिया यस्तो देश हो जहाँका राजा सुनको सिंहासनमा बस्छन् । एक समय नाइजेरियाको अर्थ व्यवस्था तेल उत्पादनले निकै माथि पुगेको थियो । त्यही बेला राजाहरुले त्यसको फाइदा उठाएका थिए । तर, त्यो समय सधै एकनासको रहेन । पछिल्लो समय नाइजेरिया विभिन्न समस्याबाट ग्रस्त छ । अर्थव्यवस्था निरन्तर ओरालो लागिरहेको छ ।
शताब्दीऔं अघि राजसंस्थाको अन्त्य भएपनि ती राजघरानामा मानिसहरु भने पूरै वैभवका साथ सानको जिन्दगी बिताइरहेका छन् । यहाँसम्म की कतिपय अवस्थामा आजपनि उनीहरुलाई नागरिकहरुले सरकारलाई भन्दा बढि विश्वास र भरोसा गर्छन् ।
अहिले नाइजेरिया संघीय गणतान्तिक मुलुकमा परिणत भइसकेको छ । तर, विभिन्न समयमा अकुत सम्पति जम्मा गरेका राजाहरुले विभिन्न प्रान्तहरुमा आफ्नो वैभवपूर्ण विलासी जीवन विताइरहेका छन् ।
उनीहरुले विलासी जीवन व्यतित गरिरहेकै अवस्थामा कतिपयले सुनकै सिंहासनसम्म बनाए । तर उनीहरुसँग राजकाजको प्रशासकीय अधिकार भने छैन । हाल नाइजेरिया राष्ट्रपयीय प्रणालीमा छ ।
gold
king
naijeriya
sunko singhasang ma raja


