‘ज्वाईँ राजनीति बन्द गरौं’ भन्दै युवाले गरे प्रदर्शन (फोटाे फिचर)

कात्तिक–२१ । माइतीघरमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले अङ्गीकृत नागरिकवालालाई राष्ट्र प्रमुख बनाउने बाटो खोल्ने गरी संविधान संशोधन गर्न खोजेको भन्दै युवाहरुले प्रदर्शन गरेका छन् ।
अङ्गीकृत नागरिकता लिएका व्यक्तिलाई नेपालमा १० वर्ष स्थायी बसोबास गरेपछि राष्ट्राध्यक्ष बनाउने प्रस्ताव सरकारले अघि बढाएको समाचार सार्वजनिक भएपछि युवाहरु सडकमा उत्रेका हुन् ।
संविधानमा असन्तुष्ट मधेसी मोर्चाका माग पुरा गर्न सरकारले संसद्मा दर्ता गर्न लागेको संशोधन प्रस्तावको विरोधमा मेन्स रुम रिलोडेड तथा ट्वीटर र फेसबुक प्रयोगकर्ता युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
सेतो टिर्सट लगाएका युवाहरुले ‘ज्वाईँ राजनीति बन्द गरौं’ ‘देश हाम्रो शासन हाम्रो’, ’लेन्डुपे सरकार चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
काठमाडौंमा झैँ आजै विराटनगर र पोखरामा पनि विरोध कार्यक्रम गरिएको छ । तर सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले अङ्गीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने विषयमा संविधान संशोधनका लागि सरकारले कुनै प्रस्ताव अघि नसारेको दाबी गरेका छन् ।
Maitighar
pradsaan




