विचित्र विश्व

अब पादका कारण हैरान हुने दिन गए, बजारमा आयो यस्तो कपडा

अब पादका कारण हैरान हुने दिन गए, बजारमा आयो यस्तो कपडा

एजेन्सी — शरिरबाट फोहोरहरु जस्तै सिगान, पसिना, दिशा पिसाव आउनु अनिवार्य हो । तर यस्ता कुरालाई सार्वजनिक रुपमा स्वीकार गर्न धेरै मानिसहरु हिच्किचाउने गर्छन् । त्यस्तैगरि पेटमा ग्यास जम्मा भएर पाद आउनु पनि एक सामान्य कुरा हो ।

तर, यस्ता कुरा सार्वजनिक स्थलमा भयो भने मानिसलाई लाजमर्दो बनाउँछ । यसको साथै मानिसहरुको व्यत्तित्वलाई पनि राम्रो मानिदैँन । कति मानिसलाई पाद आइरहने समस्या हुन्छ । पादसँगै आउने दुर्गन्ध झन् प्रमुख कारण मानिन्छ ।

यसरी पादको यस्ता समस्यालाई ध्यानाकर्षणगरेर केही कम्पनीहरुले पादको दुर्गन्ध बाहिर नआउने कपडा उत्पादन गर्दै छन् । गत वर्षमात्र निकै चर्चामा आएको बेलायतको कम्पनी श्रेड्डाइसले पाद दुर्गन्ध बाहिर निस्कन नदिने पाइजामा तथा जिन्स उत्पादन गरेको थियो ।

पादको ग्याससँगै आउने दुर्गन्ध फिल्टर होस् भनेर कम्पनीले यस्तो जिन्स उत्पादन गरेको थियो । कम्पनीका मालिक पल ओ लियरी पनि ग्यास र पेटसम्बन्धी समस्याबाट पिडित छन् । बेलायतमा सार्वजनिक स्थानमा धुम्रपानप्रतिबन्धित गरिएपछि उनका लागि चुरोट तान्दै खुल्लाखुल्ला ठाउँमा गएर पाद्ने निहुँ बन्द भयो र आफ्नो समय नियन्त्रण गर्न मुस्किल पर्यो ।

यस्तो समस्याले सताएपछि उनलाई एक जुक्ति फुर्यो । उनले पादको दुर्गन्ध रोक्न सक्ने कपडा उत्पादन गर्ने सोच बनाए । यो सोच जुरेपछि उनले आफ्नो फेसन डिजाइनर साथीसँग मिलेर १८ महिनासम्म लगातार मेहेनत गरी पादको दुर्गन्ध फिल्टर गर्ने र दुर्गन्धरहित ग्यास बाहिर आउने कपडा उत्पादन गरे ।

सुरुसुरुमा पल ओ लियरीको कम्पनीले मात्र यस्तो कपडाको उत्पादन गथ्र्यो । तर, अहिले अन्डर टेक तथा वेल फ्लाट डी नाम गरेका थुप्रै कम्पनीहरले पादको दुर्गन्ध बाहिर आउन नदिने कपडाको उत्पादन गर्न थालेका छन् ।

Pad

विशेष