राजनीति

निर्वाचनको वातावरण बनाऔँ – मन्त्री नायक

निर्वाचनको वातावरण बनाऔँ – मन्त्री नायक
कात्तिक - २२ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सरकार तथा विपक्ष सबै दल मिलेर राष्ट्रिय सहमति बनाई निर्वाचनको वातावरण तयार गर्नुपर्ने खाँचो औँल्याएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री नायकले भने – “दलहरु मिलेर राष्ट्रलाई सङ्कटबाट पार लगाउने काम भयो भने भोलि अतिवादीलाई खेल्ने ठाउँ रहँदैन ।” अल्पसङ्ख्यक, महिला, आदिवासी जनजातिको माग सम्बोधन गरेर संविधान संशोधनका लागि साझा मिलन विन्दु खोज्नुपर्ने उहाँको भनाइ थियो । उनले अङ्गीकृत नागरिकता प्राप्त गरेकालाई राष्ट्रपति र प्रधानमन्त्री जस्ता कार्यकारी पद दिने विषयमा सरकारले सहमति नगरेको पनि स्पष्ट पारे । मन्त्री नायकले उच्च अदालतमा ८० जना न्यायधीशको आवश्यकता रहेको र उनीहरुको नियुक्ति दलबीच छलफल गरी छिट्टै गरिने बताए।

ajaya shankar nayak

विशेष